त्रिभुवन मा बि महेन्द्रधारमा ३ दिने ‘विद्यालय विपद जोखिम न्यूनीकरण योजना तयारी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवन मा बि महेन्द्रधारमा ३ दिने ‘विद्यालय विपद जोखिम न्यूनीकरण योजना तयारी सम्पन्न भएको छ ।
युनाईटेड मिसन टु नेपाल बझाङ, क्लष्टरको आर्थिक सहयोग तथा प्रगतिशील युवा समाज चैनपुर, बझाङको आयोजनामा ३ दिने ‘विद्यालय विपद जोखिम न्यूनीकरण योजना तयारी’ कार्यक्रम आज सम्पन्न भएको हो ।
विद्यालय विपद जोखिम न्यूनीकरण तथा पूर्ब तयारीको ज्ञानमा अभिबृद्वि गर्ने, विद्यालयमा भएका प्रकोप, जोखिम  तथा संकटासन्नता पहिचान गर्ने र विद्यालय विपद जोखिम न्यूनीकरण  योजना निर्माण प्रक्रिया बुझाईमा एकरुपता कायम गर्ने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रगतिशील युवासमाज योजना संयोजक छत्रराज जोशीले बताउनुभयो ।

1000011717


बिधालय ब्यबस्थापन समिति अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशी प्रमुख अतिथि रहनु भएको थियो । यही अस‍ोज ६ गतेदेखि सञ्चालन भएको कार्यक्रममा बिधालयमा हुन सक्ने बिपदलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा छलफल गरिएको थियोे । तीन दिने उक्त कार्यक्रममा त्रिभुवन मा बि प्रअ धन बहादुर बिष्ट, शिक्षक प्रेम बहादुर बिष्ट,बिकास थापा, अमृत बोहरा,जानकी बोहरा साउद,वडा सदस्य भिम डौडे,शिक्षक अभिभावक संघ अध्यक्ष मान बहादुर बिष्ट, बिब्यस सदस्य मेनका साउद लगायत शिक्षक अभिभावक तथा बिधार्थीको उपस्थित रहेको थियो ।
निर्मला भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रगतिशील युवासमाज योजना संयोजक छत्रराज जोशीले अभिमुखिकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206