७ माघ २०८१, सोमबार
![IMG 20240929 WA00051](https://thalarakhabar.com/wp-content/uploads/2024/09/IMG-20240929-WA00051.jpg)
क्याम्पसका नियमित कार्यक्रमहरू सञ्चालन गर्न थलारा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले थाल्यो आर्थिक संकलन अभियान
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) थलारा बहुमुखी क्याम्पस आर्थिक संकलन अभियान थालेको छ। लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको क्याम्पसका नियमित कार्यक्रमहरू सञ्चालन गर्न स्ववियुले आर्थिक संकलन अभियान सुरु गरेको हो।
शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष कृष्ण रोकायाको अध्यक्षतामा बसेको बैठकले क्याम्पसका गतिविधिहरू सञ्चालन गर्न आर्थिक संकलन गर्ने निर्णय गरेको छ। त्यस्तै, उक्त बैठकले क्याम्पसमा विद्यार्थी भर्ना अभियान र शोक प्रस्ताव पनि पारित गरेको छ। अभियान सुरु गरेको पहिलो दिनमै ३ लाखभन्दा बढी रकम संकलन भएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो।
बैठकले क्याम्पसका संस्थापक सञ्चालक समिति कोषाध्यक्ष प्रेमबहादुर गिरीको दुःखद निधनमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष रोकायाले बताउनुभयो। यस्तै, क्याम्पसमा शिक्षाशास्त्र अन्तर्गत स्नातक प्रथम वर्षको भर्ना खुलेको र उक्त भर्ना कार्यक्रमलाई सञ्चालक समितिले अभियानकै रूपमा अगाडि बढाउने निर्णय गरेको स्ववियु सभापति महेश जेठाराले बताउनुभयो ।
उनले स्थानीय स्तरमा क्याम्पस भए पनि विद्यार्थीहरू पढ्नका लागि बाहिर जाने प्रवृत्ति बढ्दै गएकोले भर्ना अभियान सञ्चालन गरिएको हो । सञ्चालक समितिको बैठकले क्याम्पसमा भर्ना हुने गरिब, विपन्न तथा आर्थिक रूपमा कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।