थलारा गाउँपालिकाका मुख्य बजारहरूमा अनुगमन

सेयर गरौं

थलारा गाउँपालिकाका मुख्य बजारहरूमा अनुगमन गरिएको छ । दसैं तिहारलाई लक्षित गरि पालिकामा रहेका मुख्य बजारहरूमा आज अनुगमन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको संयोजकत्वमा गएको अनुगमन टोलीले थलाराको मुख्य बजार खोली लगायतका बजार अनुगमन गरेको हो ।
चाडपर्वको बेला बजारमा किनमेल गर्नेहरूको भिडभाड लाग्ने र म्याद नाघेका अवैध सरसामान बिक्रीवितरण हुने भएकोले पालिकाले जिल्ला प्रशासन कार्यालय र घरेलुु कार्यालयसँगको समन्वयमा अनुगमन गरेको पालिका उद्यम विकास शाखा प्रमुख कबिन्द्र बिष्टले बताउनु भयो ।
अनुगमनका क्रममा २० हजार बराबरको अबैध तथा म्याद नाघेका उपभोग्य खाद्य सामाग्री    बरामद गरेर नष्ट गरिएको छ ।  
पहिले भन्दा अहिलेको बजार अनुगमनमा म्याद नाघेका सामाग्री कम फेला परेको अनुगमन टोलीले जानकारी दिएको छ ।
अनुगमन टोलीले व्यापारीलाई म्याद नाघेका सामाग्री नबेच्न, नियमित कर चुक्ता गर्न , व्यवसाय दर्ता नगरी व्यवसाय गरिरहेका व्यापारीलाई दर्ता गर्न सुझाव दिएको थियो ।
व्यापारीहरूले पालिकाको टोलीले अनुगमन गर्न थालेपछि सामाग्रीको म्याद हेर्ने गरेको बताएका थिए
अनुगमन कार्यक्रममा  उपाध्यक्ष राम बहादुर खाती , स्वास्थ्य शाखा प्रमुख पदमबहादुर ओली , जिल्ला प्रशासन कार्यालय नायब सुब्बा रमाकान्त जोशी, घरेलुु कार्यालय नायब सुब्बा मान बहादुर धामी , उद्योग विकास शाखा प्रमुख कबिन्द्र बहादुर बिष्ट , महिला बालबालिका शाखा प्रमुख हेमन्त चन्द,पोषण शाखा प्रमुख इन्द्रबहादुर कडायत लगायत सुरक्षाकर्मी र पत्रकारको  सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206