थलारा गाउँपालिका वडा नम्बर ४ को महेन्द्रधारमा पुग्यो राष्ट्रिय प्रशारण लाईनको बिधुत

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय बिधुत लाईन बिस्तार उद्घाटन गरिएको छ ।
थलारा गाउँपालिकाको बिधुत नपुगेको वडा नम्बर ४ को महेन्द्रधारमा बत्ती बालेर थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले शुक्रबार समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष खातीले बिधुत सेवा नभएको वडा नम्बर ४ को मुख्य स्थानमा बिधुत पुग्नु खुसिको कुरा भएको भन्दै वडाका धेरै टोलमा अझै बिधुत पुग्न बाकी रहेको भन्दै बिधुत नपुगेका बस्तीमा पनि बिधुत पुर्याउन पहल गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीले सवै बस्तीमा बिधुत नपुगेर उद्घाटन गर्नु पर्दा खल्लो महसुुस भएको छ । ठुलो प्रयासपछि गत वर्ष आजकै दिन वडा नम्बर ३ मा बिधुत लाईन उद्घाटन गरेको बताउदै सवैको पहलमा बिधुत बल्ने भएकाले सवैले सहयोग गर्न आग्रह गर्दैत बिधुत नपुगेको बस्तीमा बिधुत पुर्‍याउन गाउँकार्यपालिकामा कुरा उठाउने बताउनु भयो ।

1000012335


नेपाल बिधुत प्राधिकरण बझाङ शाखा प्रमुख सुजन खड्का आजको दिन विशेष दिनको रुपमा लिएको वत्ति नपुगेको ठाउँमा बत्ती बाल्न पाउँदा खुसि लागेको छ । क्रमिक रुपमा अघिबढ्ने ।केही ठाउँमा एडिपिले काम गरिरहेको छ । त्यो कार्यक्रम भित्र बत्ती बाल्ने पहल गर्ने , मिटर ल्याएको घरमा अष्टमि अघिनै बत्ती बाल्ने र नेपाल टेलिकमको टावरमा तत्काल बिधुत पुर्‍याउने प्रतिबद्धता गर्दै बिधुत प्राबिधिक रुपमा डरलाग्दो चिज भएकोले सजक भएर प्रयोग गर्न समेत सुझाव दिनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले २०७७ सालमा थलारा गाउँपालिका वडा नम्बर ३ को नवरत्न प्रवि  कुचबाट पहिलोपटक राष्ट्रिय प्रशारण लाईनको बिधुत उद्घाटन गरिएको सम्झना गराउदै बिकास एकैचोटि सबै ठाउँमा समानरूपले हुदैन आज वडाको मुख्य ठाउँ बिधुत पुग्नु खुसिको कुरा भएको भन्दै यसलाई सबै टोलमा पुगाउन पहल गर्नु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रमको समापन गर्दै वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशीले अथक प्रयासबाट वडामा राष्ट्रिय प्रसारण लाईनको बिधुत पुगेको भन्दै वडाका सवै बस्तीमा बिधुत पुर्‍याउने प्रतिबद्धता गर्नु भयो ।
वडा अध्यक्ष रामचन्द्र जोशीको कार्यक्रममा कार्यपालिका सदस्य बिर्ष मिजार,वडा सदस्य भीम डौडे, मञ्जु बोहरा, बिधुत प्राधिकरण बझाङका लेखापाल ममता भट्ट उपाध्याय ठेकेदार हरि सुबेदी वडा नम्बर २ का भुपु वडा अध्यक्ष हेम खड्का,वडा नम्बर ४ का भुत्पुर्वक वडा सदस्य बिर्ष बोहरा एकीकृत समाजबादीका प्रतिनिधि धर्म राज जोशी लगायत अतिथि रहनु भएको थियो ।शिक्षक अमृत बोहराले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा बासिहरुको उपस्थिति रहेको थियो ।
वडामा राष्ट्रिय प्रसारण लाईनको बिधुत पुग्दा वडावासि खुसी भएकाछन । नम्बर ४ को मोयल,डिख्ला, महेन्द्रधार गडिगाउँमा बिधुतलाईन पुगेपनि ठिङ,र तोली लगायतका स्थानमा भने अझै बिधुत लाईन पुग्न सकेको छैन ।

1000012323
1000012357

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264