थलारा गाउँपालिका वडा नम्बर ७ मा बिपद जोखिम न्युनिकरण एवं जलवायु परिवर्तन  सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय बिपद जोखिम ब्यबस्थापन समितिका पदाधिकारी का लागि दुई दिने बिपद जोखिम न्युनिकरण एवं जलवायु परिवर्तन  सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
जलवायु परिवर्तन अनुकुलन तथा बिपद जोखिम ब्यवस्थापन सम्बन्धमा जानकारी आदानप्रदान, पानीजन्य बिपद जोखिम न्युनिकरण ब्यबस्थापनमा के कस्ता कार्य गर्न सकिन्छ सोवारेमा जानकारी आदानप्रदान  गर्ने र वडा स्तरमा जोखिम विश्लेषण  गरि ब्यबस्थापनका लागि प्रारम्भिक योजना बनाउने  तथा सचेतना कार्य सञ्चालनमा सहयोग बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बिपद जोखिम न्युनिकरण परियोजना संयोजक छत्रराज जोशीले बताउनु भयो ।
थलारा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय बिपद जोखिम ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
वडा स्तरीय बिपद जोखिम ब्यबस्थापन समितिमा वडा पालिकाका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,स्वास्थ्य प्रतिनिधि,वडा स्तरीय आमा समुहका अध्यक्ष ,सहकारी प्रतिनिधि,स्थानीय संघसंस्थाका प्रतिनिधि रहने प्राबधान रहेको छ ।
फिल्ड सहजकर्ता निर्मला भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा परियोजना संयोजक छत्रराज जोशीले सहजिकरण गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260