७ चैत्र २०८१, शुक्रबार

दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सुरु
दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
थलारा गाउँपालिका खेलकुद समितिको सहयोग र दशैमेला ब्यबस्थापन समितिको आयोजनामा भईरहेको प्रतियोगिताको सोमबार प्रमुख अतिथि थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले उद्घाटन गर्नु भएको हो ।
दशै मेला ब्यबस्थापन समितिका अध्यक्ष बिराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती बिशिस्ट अतिथि र खेलकुद बिकास समिति अध्यक्षलोकेन्द्र चौहान, शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकाया लगायत अतिथि रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै उपाध्यक्ष खातीले अनुसाशीत भएर दशैमेला भलिबल प्रतियोगिता सम्पन्न गर्न आयोजक,खेलाडी र सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्नु भयो ।त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खातीले उल्लासमय बाताबरणमा निश्पक्ष रुपमा मर्यादित रुपमा खेल्न र खेलाउन सवैलाई अनुरोध गर्नु भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ १८ र महिला तर्फ ७ टिम दर्ता भएका आयोजक समितिले जनाएको छ । खेल नकआउट चरणमा खेलाईने आयोजकले जनाएकाछन ।
प्रतियोगिताको पहिलो खेल वडा नम्बर छ र कबिता पशुपंक्षि फार्म ९ बीच हुने आयोजक समितिले जनाएको छ ।