१३ माघ २०८१, आईतवार
बझाङमा अटो दुर्घटनामा परि एक जनाको मृत्यु
बझाङमा अटो दुर्घटनामा परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ४ का २४ वर्षिय गोबिन्द बि.क. रहेका छन् ।
बि.क. बित्थडचिर – ९ सुनकुडास्थित जयपृथ्वी राजमार्गमा देउलेखबाट सुनकुडा तर्फ आउँदै गरेको अवस्थामा ठाडीधार भन्ने स्थानमा गयराति करिब ८:४५ बजे अटो एक्ससहित सडकबाट १०० मिटर तल खसेका थिए ।
बि.क.ले चलाएको सु.प.प्र. ०१००१ ह ६३२१ नम्बरको अटो एक्स सडकबाट १०० मिटर तल खस्दा उनको टाउको , मुख र अन्य पुरै शरिरमा चोट लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1