सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

सेयर गरौं

जयपृथ्वी राजमार्ग अन्तर्गत बालुवाटारमा पुनः सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ । अहिले बिहान पहिले खसेकै ठाउँमा पुनः पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा बझाङ सदरमुकाम भित्रने र बाहिरिने बस तथा यात्रुहरु बालुवाटारमै रोकिएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले बताउनुभयो । दशैंको बेला पहिरोले बेलाबेला दुख दिदा यात्रुहरुलाई सास्ती हुँदै आएको छ ।

आजसम्म गरेर छ पटक ठूलो र पटकपटक सानो सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सडक सुचारु गर्न सडक डिभिजन कार्यालय बैतडीमा जानकारी गराइएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335