दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

सेयर गरौं

दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलतर्फ थलारा गाउँपालिका वडा नम्बर ९ प्रथम भएको छ ।
शनिबार भएको फाईनल खेलमा ग्रिनसिटि सेरालागाउ लाई पराजित गर्दै वडा नम्बर ९ टिम प्रथम भएको हो । ग्रिनसिटि सेरालागाउ द्वितीय र वडा नम्बर ५ टिम तृतीय भएको छ ।
त्यस्तै महिला भलिबल तर्फ थलारा मा बि प्रथम वडा वडा नम्बर ४ द्वितीय र वडा नम्बर १ तृतीय भएको छ ।
पुरुष भलिबलतर्फ कविता बहुउद्दे्यीय कृषि तथा पशुपन्छी फार्म टिम र महिलातर्फ सितल साइन सपोर्ट टिमले सान्त्वना पुरस्कार पाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260