७ माघ २०८१, सोमबार
भारतको बैंगलुरुमा सडक दुर्घटनामा परि बझाङका एक युवकको मृत्यु
बझाङ्गको दुर्गाथली गाउँपालिका वडा नं.१ थापागाउँ घर भएका नरेन्द्र थापाको भारत बैंगलुरु शहरमा सडक दुर्घटनामा परि मृत्यु भएको छ।
सोमवार बेलुका करिब ३ः३० बजेतिर बैंगलुरुको इलेक्ट्रोनिक सिटी बाट हप्पीकोटी तर्फ जाने क्रममा स्कुटी अनियन्त्रित हुदाँ चालक ३६ वर्षिय नरेन्द्र थापा उछिट्टिएर सोहि दिशातिर गुडिरहेको पानी ट्यांङ्कर मुनी पर्दा घटनास्थलमै मृत्यु भएको उनका छिमेकी विक्रम भण्डारीले बताएका छन्।
थापाको घाँटी माथि गम्भिर लागेको छ भने अरु शरिरमा चोट लागेको छैन । थापा रोजगारीको सिलशिलामा एक दशक देखि बैङ्गलुरुमा पेशा व्यवासाय गर्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1