बझाङ्गी समाज जापान को अध्यक्ष मा: रमेश थापा

सेयर गरौं

बझाङ्गी समाज जापान को अध्यक्षमा रमेश थापा (खप्तड छान्ना गा.पा )चयन भएका छन् । बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो सहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापा ले जानकारी गर्नु भएको छ ।
जसम ११ सदस्यीय कमिटीको निर्माण गरेका छन ॥ उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी न .पा)
महासचिव मा जनक राज मण्डेल (छबिसपाथीभार गा.पा ) सचिवमा चादनी महर(जयपृथ्वी न.पा)
कोषाध्यक्षमा सृजना महर कठायत (खप्तड छान्ना गा.पा ) तथा सदश्यहरु मा
लक्ष्मी भण्डारी ( केदारस्यु गा.पा )
सूर्य प्रकास उपाध्यय ( थलारा गा.पा )
प्रवेश धामी (साईपाल गा.पा )
प्रकाश कठायत (मस्टा गा.पा)
जय ब. सिंह ( जयपृथ्वी न .पा)
उरमिला सार्कि (छबिस पाथीभरा)
बिबेक थापा (खप्तड छान्ना गा.पा )
चयन भएका छन् ।

भने सल्लाहकार समितिमा
विष्णु रसाईली
प्रभु रोकाया (जिमाल)
सिद्धराज कठायत
महेश रावल चयन हुनु भएको छ ।
हाम्रो बझाङ्ग राम्रो बझाङ्ग को मुल नाराकासाथ भब्य समाहरोमा अर्गज तथा सल्लाहाकार प्रभु रोकाया ज्यू बाट दशैको टिका तथा आर्शिवाद ग्रहण का साथै बझाङ्गी समाज हरेक राम्रो कुरामा सधैभरी साथ सहयोग सल्लाह सुझाब रहने कुरा बताउनु भयो ।
१:-विशेष त जापान मा यो एक दशक को अन्तरालमा लगभग १ लाख को हाराहारीमा जापान मा विभिन्न भिजामा आउने क्रम जारीभएको हुदा यो अवस्थामा हामीले सिकेका जापानीज रुल रेगुलेसन , टाईमटेबुल तथा जापानको कल्चरको वारे सिकाउने प्रयास गर्दै विद्यार्थी ,SSW , गिनो जिसिस्यो , तोकु तेइगिनो , तथा डिपेन्डेन्ट का भाईबहिनीमा हुने काम तथा भाषाको बारेमा सक्दो सहयोग गर्ने,
२:-नेपाली ले नेपाली लाई नै गर्ने विभिन्न किसिमका ठग तथा धन्दाको प्रतिकार सहित कानुनी कारवाई का निम्ती कठोर बन्ने।
३:-विभिन्न चाडपर्ब तथा राम्रा संस्कृतिको जगेर्ना का निमित्त बिभिन्न भेला मा चिन जान माया ममता को आयोजना गरी मनोरञ्जन गर्ने भूमिका खेल्ने छौ।
यो यतिहासिक हाम्रो बझाङ्ग राम्रो बझाङ्ग को पहिलो भेटघाटमा ३० जना जतिको उत्साहजनक जनसहभागीता मा ( सबै को एक स्वर बझाङ्ग जिल्ला अघी बड ) रहेको थियो ।
साथै सुदूरपश्चिम समाजको अध्यक्ष बिकाश रोकाया तथा कोषाअध्यक्ष सुमित रोकाया ज्यू को पनि सहभागीतामा बझाङ्गी समाज जापान को उत्तर उत्तर प्रगतीको सुभकामना संगै सुदुरपश्चिम समाज र बझाङ्गी समाजको एकदम सौहार्दपूर्ण सहकार्य हुनु पर्ने मा जोड दिनु भयो ॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339