५ बैशाख २०८२, शुक्रबार

थलारा गाउँपालिका वडा नम्बर १ ले गर्यो खेलाडीलाई सम्मान
थलारा गाउँपालिका वडा नम्बर १ ले खेलाडीलाई सम्मान गरेको छ । वडाले दशै मेलाको अबस्थामा थलारा गाउँपालिका द्वारा आयोजित महिला पुरुष भलिबल प्रतियोगितामा तृतीय स्थान ल्याउने महिला खेलाडी टिमका खेलाडीलाई सम्मान गरेको हो ।
खेलाडीहरुको मनोबल बढाउन र खेलप्रति चासो जगाउने उद्देश्यले वडा अध्यक्ष रविन्द्र जोशीले वडापालिका खेलाडीको सम्मान स्वरुप खादा मालाले आज सम्मान गरेको जनक निरौलाले जानकारी दिनु भएको छ ।
यहि असोज २१ गतेदेखि दशैमेलाको अवसरमा थलारा मा बि को प्राङ्गणमा आयोजित वडा स्तरीय महिला भलिबल प्रतियोगितामा थलारा गाउँपालिका वडा नम्बर १ तृतीय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1