१३ माघ २०८१, आईतवार
जनताका गुनासा सुन्न जुनसुकै बेला पनि तयार छु – सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारी
सुदुरपश्चिम सरकारका सभामुख भिम बहादुर भण्डारीले जनताका गुनासा सुन्न आफु जुनसुकै बेला तयार रहेको बताउनु भएको छ । आज
केदारस्यु गाउँपालिका वडा नमवर ९ को आयोजना आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख भण्डारीले आफुलाई जनताले ५ वर्षको लागि निर्वाचित गरि पठाएकाले आफू जुनसुकै बेलापनि जनताका गुनासा सुन्न तयार रहेको बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भएपछि आफ्नो क्षेत्रका जनतासँग पहिलोपटक शुभकामना आदानप्रदान गर्ने मौकामिलेको भन्दै आफुले सोचे अनुरुप जनताका गुनासा सम्बोधन गर्न नसकिएको बताउनुभयो ।
सम्बोधनका क्रममा सभामुख भण्डारीले स्थानीय तहबाट ठूला योजना नभई टुक्रे योजना माग बढी आउनेगरेको सामुहिक भन्दा पनि निजी योजना प्राथमिकतामा पर्ने गरेकाले योजनाहरु दिगो नहुने र प्रभावकारी नदेखिएको समेत बताउनुभयो । उपभोक्ता समिति गठन हुदा सम्म चासो हुने र त्यसपछि चासो दिदैनौ सभामुख भण्डारीले भन्नुभयो बजेट आएपछि चासो हुदैन जसका कारण
योजनाहरु दिगो हुदैनन् सुशासनको लागि लागि सवैले बोल्नु पर्ने धारणा राख्नु भयो
एक छुट्टै प्रसंगमा सभामुख भण्डारीले बजेट बिनियोजन भएका कतिपय योजना काटिएको छ बताउँदै बझाङका दलका नेताहरुको पहुच कम भएरका कारण बझाङमा बजेट कम आएको बताउनुभयो ।
उनले सेती लोकमार्ग लाई जिल्ला जिल्लामा टेण्डर माग गरिएको भन्दै ।हामी कहाँ माग्न मात्रै जाने दायित्व बोध नगर्ने परिपाटी कसरी अन्त्य गर्ने
पारदर्शी भएर योजना कसरी जनमुखी बनाउने वारे सबैले सोच्नु पर्ने धारणा राख्दै
राजनीति स्थायित्वका लागि सवैलाई नया ढंगले सोच्न समेत आग्रह गर्नु भयो ।
केदारस्यु गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष नन्दलाल बोहराको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रबिन्द्र जोशी वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी नेकपा माओवादी केन्द्र केन्द्रीय लेखा आयोग सदस्य लक्ष्मण खड्का नेकपा माओवादी केन्द्र बझाङ जिल्ला सचिब नन्दलाल धामी, प्रदेश कमिटी सदस्य मीन बहादुर थापा लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम भैरब मा बि झोताका शिक्षक राजेन्द्र गिरको सञ्चालनमा भएको थियो ।
सभामुख भण्डारीले केदारस्यु गाउँपालिका वडा नम्बर ९ झोता स्थित भैरवनाथ स्वास्थ चौकी र नब निर्मित बर्थिङ सेन्टरको पनि निरिक्षण गर्नु भएको थियोे
कार्यक्रममा केदारस्यु गापालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिकाका जनसमुदायको उपस्थित रहेको थियो ।