थलारा गाउँपालिकामा धार्मिक अगुवा हरुसंग बिपद जोखिम ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँपालिकामा धार्मिक अगुवा हरुसंग बिपद जोखिम ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा र प्रगतिशील युवासमाज चैनपुर बझाङको आयोजनामा धार्मिक अगुवासंगको बिपद जोखिम ब्यबस्थापन वारे अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
बिपद जोखिम ब्यबस्थापन सम्बन्धि धार्मिक अगुवा बिच जानकारी आदानप्रदान गर्न,प्राकृति तथा अप्राकृतिक बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनमा के कस्ता कार्य गर्न सकिन्छ सो बारे बिचार आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रगतिशील युवा समाज परियोजना संयोजक छत्रराज जोशीले जानकारी दिनु भएको छ ।

1000013099


कार्तिक ९ गतेदेखि वडा नम्बर ४ को महेन्द्रधारमा सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा  सम्पन्न भएको कार्यक्रममा वडा नम्बर २ र ४ का धार्मिक अगुवाहरुको सहभागीता रहेको थियो सहभागीलाई प्रगतिशील युवासमाज परियोजना संयोजक छत्रराज जोशीले प्रशिक्षण दिनु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264