६ चैत्र २०८१, बिहीबार

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाघ सायरमेला आज देखि सुरु
थलारा गाउँपालिका वडा नम्बर ८ मा लाग्ने डाडाबाघ सायरमेला आज देखि सुरु भएको छ । दशै तिहार छट पर्वको अवसरमा गाउँपालिका वडा नम्बर ८ ले आयोजना गरेको सायर मेलाको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले उद्घाटन गर्नु भएको हो ।
सायर मेला ब्यबस्थापन समिति अध्यक्ष खडक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि वडा नम्बर ८ अध्यक्ष टिकाराज जोशी, वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्याग राज पाध्या बिशेष अतिथि रहनु भएको थियो ।
मेलामा थलारा गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिता र देउडा आयोजना गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिनु भएको छ ।

गाउँपालिका वडा स्तरीय भलिबल तर्फ प्रथम पुरस्कार ४० हजार , द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार राखिएको छ । टिम दर्ता शुल्क २५ सय तोकिएको थियो । भलिबलमा २४ टिम दर्ता भएको आयोजकले जनाएको छ ।
त्यस्तै देउडा कार्तिक १३ र १४ गते हुने आयोजकले जानकारी दिएको छ । देउडाका लागि टीका साउद कैलाली, रमा धामी जनपा, शेर ब सिंह खप्तडछान्ना, पदम राज जोशी थलारा,दिल ब सिंह थलारा, शिवराज उपाध्याय थलारा, वल ब रोकाया थलारा, जयराज जोशी थलारा, प्रयागराज पाध्या थलारा, बिकास धामी थलारा, सत्य धामी केदारस्यु, महेश रोकाया थलारा लगायतलाई आमन्त्रण गरिएको छ ।
