थलारा गाउँपालिका वडा नम्बर ८ को  डाडाबाघ सायर मेला सम्पन्न 

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ८ को  डाडाबाघ सायरमेला सम्पन्न  भएको छ । थलारा गाउँपालिका वडा नम्बर ८ क‍ो आर्थिक सहयोग र सायर मेला ब्यबस्थापन समितिको आयोजनामा कार्तिक १३ गतेदेखि सुरु भएको मेला आज सम्पन्न भएको हो। 
मेलामा थलारा गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिता र देउडा आयोजना गरिएको  थियोे ।
थलारा गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि दुर्गाभवानी रावलीले जितेको छ ।
आज भएको आयोक ए थलारा ८ संगको खेल जितेसंगै एम वाई सि रावलीले प्रथम पुरस्कार ४० हजार नगदसंगै मेडल प्रमाणपत्र हात पारेको हो । प्रतियोगितामा द्वितीय भएको आयोजक ए टिमले २५ हजार नगद मेडल प्रमाणपत्र र तृतीय भएको वडा नम्बर ७ ले १५ हजार नगद मेडल प्रमाणपत्र जितेको छ ।
कार्तिक १३ गते थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले  मेलाको  उद्घाटन गर्नु भएको थियो । सायर मेला ब्यबस्थापन समिति अध्यक्ष खडक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि वडा नम्बर ८ अध्यक्ष टिकाराज जोशी, वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्याग राज पाध्या बिशेष अतिथि रहनु भएको थियो ।

1000013221


गाउँपालिका वडा स्तरीय भलिबल तर्फ प्रथम पुरस्कार ४० हजार , द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार राखिएको थियो । टिम दर्ता शुल्क २५ सय तोकिएको थियो । प्रतियोगितामा भलिबलका लागि २४ टिम दर्ता भएका थिए ।
त्यस्तै मेलामा देउडा कार्यक्रम पनि राखिएको थियोे । देउडाका लागि टीका साउद कैलाली, रमा धामी जनपा, पदम राज जोशी थलारा ८, शिवराज उपाध्याय थलारा ७, वल ब रोकाया थलारा ६, जयराज जोशी थलारा ८, प्रयागराज पाध्या थलारा ७ , बिकास धामी  थलारा ३, सत्य धामी केदारस्यु, महेश रोकाया थलारा ६ लाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन आज इमरल्ड इडन एकेडेमी सायरले देउसि संगै सांगीतिक नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो । चार दिन सम्म चलेको कार्यक्रम शान्तिपुर्ण बाताबरणमा रमाइलो संग सम्पन्न भएको आयोजकले जनाएको छ ।
मेला समापन समारोहमा बोल्दै बिशिस्ट अतिथि टिकाराज जोशीले आगामी बर्ष मेलालाई अझै बेबस्थित गर्ने प्रतिबद्धता जनाउदै मेला शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउनु भएको थियोे ।
समापन कार्यक्रममा पुर्व वडा अध्यक्ष दिल बहादुर सिंह र हेम खड्काले मन्तब्य राख्नु भएको थियो ।

1000013284
oplus_0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241