थलारा बहुमुखी क्याम्पसले क्याम्पसबाट प्रवाह हुने सेवा सुबिधाहरु अनलाइन मार्फत उपलब्ध गराउन अनलाइन सेवा संचालनमा ल्यायो

सेयर गरौं

थलारा बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई पाठ्यसामाग्रीको सहज उपलब्धता तथा क्याम्पसबाट प्रवाह हुने अन्य सेवा सुबिधाहरु अनलाइन मार्फत उपलब्ध गराउन अनलाइन सेवा संचालनमा ल्याएको छ ।
शिक्षामा प्रबिधिको बिकास र वर्तमान समयको आवस्यकता लाई मध्येनजर गर्दै क्याम्पसले विद्यार्थीहरुलाई पाठ्यसामग्रीको सहज उपलब्धता तथा क्याम्पसबाट प्रवाह हुने अन्य सेवा सुबिधाहरु अनलाइन मार्फत उपलब्ध गराउन थलारा बहुमुखी क्याम्पसको वेबसाइट www. thalaramultiplecampus. edu.np आजवाट सञ्चालनमा ल्याएको हो ।
वेबसाइट सेवा संचालनमा आएसंगै  विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम, Notes हरु  हेर्नुको साथ-साथै  चारित्रिक प्रामणपत्र, नयाँ भर्ना, परिक्षा फर्मको लागि समेत अनलाइन आवेदन दिन सक्ने थलारा बहुमुखि क्याम्पस स्वबियु सभापति महेश जेठाराले बताउनु भएको छ ।
दुर्गम तथा पिछडिएको जिल्लाका रुपमा चिनिएको बझाङ्ग जिल्लामा शिक्षा, स्वास्थ्य, यातायात, लगायत विकासका अन्य पुर्वाधारहरुमा प्रबिधिको प्रयोग न्यून मात्रामा मात्रै भएको अवस्थामा क्याम्पसले आफ्नै वेवसाईट सञ्चालनमा ल्याएसंगै बिधार्थी र अभिभावकले यसको प्रत्यक्ष लाभ  लिन सक्ने सभापति जेठाराको भनाई छ ।
क्याम्पसको स्ववियु अध्यक्षको हैसियतले अनलाइन सेवा प्रयोगमा ल्याएउन गरिएको आफ्नो प्रस्तावलाई स्वीकार गरि विद्यार्थीहरुलाई अनलाईन सुविधाको सहज वातावरण सृजना गरिदिनुभएकोमा क्याम्पस प्रमुख विष्णु भक्त उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष  Krishna Rokaya Akhil लगायत सम्पुर्ण क्याम्पस प्रशासन र प्राविधिक सहयोगको लागि सहयोग गर्ने Jeevan Khadka लाई विशेष धन्यवाद दिन चाहन्छु स्ववियु सभापति जेठाराले भन्नू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
1
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241