बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोताका युवायुवती हरुले देउसि खेलेको रकमबाट बजार क्षेत्र  सिगारे

सेयर गरौं

बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ९ सुन्दरपुर झोताका युवायुवती हरुले देउसि खेलेको रकपबाट बजार क्षेत्र  सिगारेकाछन ।
सुन्दर बजार झ‍ोतामा जन्मेर पढाइको सिलसिलामा देशका विभिन्न ठाउँमा गएका युवायुवतीले दशै तिहार मनाउन घर आएका बेला देउसि भैलो खेलेर प्राप्त गरेको रकम झोताबजार क्षेत्रलाई सिंगार्ने कार्यमा खर्च गरेका हुन ।
उनिहरुले देउसि भैलोवाट संकलित रकमबाट झोताबजारको बिच हुँदै गएको जयपृथ्बी राजमार्ग वारीपारि रहेका रुखहरुमा कलर लगाएर चिटिक्क पारेर सिगारेक‍ो झोताबजार ब्यबस्थापन समिति सचिव रबिन सिंह धामीले जानकारी दिनु भएको छ

1000013784

उनका अनुसार युवाहरूको समाज सुधारक उक्त कार्यको बजार ब्यबस्थापन समिति र वडा पालिकाले स्वागत गरेको छ । केदारस्यु गाउँपालिका वडा नम्बर ९ झोता बजार ब्यबस्थापन समितिले आज एक कार्यक्रम गरि देउसि खेलेको रकमबाट बजारक्षेत्र सिगार्ने युवायुवतीलाई सम्मान गरेको छ ।झोताबजार ब्यबस्थापन समिति अध्यक्ष बिनोद गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केदारस्युँ गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष नन्दलाल बोहरा प्रमुख अतिथि रहनु भएको थियोे ।कार्यक्रम शिक्षक राजेन्द्र गिरिको सञ्चालनमा भएको थियो । 

1000013725
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
1
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325