२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिकामा बिधालय सामाजिक परिक्षण सहजकर्ता शिक्षकहरुका लागि पुर्नताजकीय तालिम सम्पन्न
थलारा गाउँपालिकामा बिधालय सामाजिक परिक्षण सहजकर्ता शिक्षकहरुका लागि पुर्नताजकीय तालिम सम्पन्न भएको छ ।
युएमएन को आर्थिक सहयोग प्रगतिशील युवा समाजद्वारा थलारा गाउँपालिकामा सञचालित शिक्षा परियोजना को आयोजनामा र थलारा गाउँपालिका शिक्षा शाखाको समन्वयमा सामाजिक परिक्षण सहजकर्ता हरुका लागि बिधालय सामाजिक परिक्षण सम्बन्धि पुर्नताजगी सम्पन्न भएको हो ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको तालिममा थलारा गाउँपालिकाका १८ जना शिक्षक सहजकर्ता हरुको उपस्थिति रहेको थियो ।
गोष्ठीमा सहभागीलाई प्रशिक्षक रामहरि ओझाले बिधालय सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण गर्नु भएको थियो । गोष्ठीले थलाराका सम्पूर्ण बिधालयले पौष १५ भित्र सामाजिक परिक्षण गरि पालिकामा प्रतिबेदन बुझाउने सामुहिक निर्णय समेत गरेको प्रगतिशील युवासमाज द्वारा थलारामा सञ्चालित शिक्षा परियोजना संयोजक राजेन्द्र खड्काले जानकारी दिनु भएको छ ।
गोष्ठीमा थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकाया शिक्षा सहायक रायभान ओली अतिथि रहनु भएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागी हरुको तर्फबाट वोल्दै शिक्षिका अनिता शर्माले गतबर्ष सिकेको कुरा केही बिर्षेका थियौ, तालिमले पुर्नताजकी हुने अवसर मिलेको बताउनुभयो । त्यस्तै शिक्षक मोहन साउदले बिधालय सामाजिक परिक्षण गराउन युएमएनले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक परिक्षण गर्ने क्रममा भएका कम्जोरी सच्याउन तालिमले मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले बिगत वर्षमा सामाजिक परिक्षणको अनुभव थिएन, गत वर्ष देखि यो अभियानको रुपमा चलेको भन्दै सिकेको कुरा बिधालयमा गएर लागू गर्न सहभागीलाई अनुरोध गर्नु भयो ।
कार्तिक मंसिर भित्र सामाजिक परिक्षण गरि सक्नु पर्ने भएकोले तालिमको आयोजना गरेको परियोजना संयोजक राजेन्द्र खड्काले बताउनुभयो ।
बिधालय सामाजिक परिक्षण मापदण्ड २०७८ मा आर्थिक वर्ष सुरु भएको पहिलो चौमासिक भित्र बिधालयको सामाजिक परिक्षण गरि सक्ने उल्लेख छ ।