थलारा गाउँ पालिकामा प्रगतिशील युवा समाज  शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँ पालिकामा प्रगतिशील युवा समाज  शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
युएमएनको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा बिहिवार कार्यक्रम सम्पन्न भएको हो ।प्रगतिशील युवा समाजका अध्यक्ष रमेश के सी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
एबिएलका नाममा थलारामा पहिलो चरणको सफल कार्यक्रम सम्पन्न गरिसकेको परियोजना दोस्रो चरणमा शिक्षा परियोजनाका नामबाट सञ्चालन भएको परियोजना संयोजक राजेन्द्र खड्काले जानकारी गराउनु भयो ।
परियोजनाले थलारा गाउँपालिकाका सामुदायिक बिधालयमा गुणस्तरिय शिक्षा पहुँचमा सुधार गर्ने मुख्य लक्ष्य लिएको छ ।
प्राथमिक स्तरका बालबालिकाहरु, विशेष गरि छात्रा र पिछडिएका बालबालिकाहरुको सुरक्षित, समावेशी र बालमैत्री शिक्षण बाताबरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने पहुँच बढाउने, बिधालयमा नजाने बच्चाहरुका पिछडिएका र गरिब परिवारका र गरिब परिवारका बालबालिकाहरुको औपचारिक  शिक्षामा पहुँच बढाउने र गुणस्तरीय शिक्षा बिषयमा स्थानीय सरकारको बुझाई र क्षमतामा अभिबृद्व गर्ने उद्देश्य रहेका कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज पाध्या, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि र पालिका अन्तरगत शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा संयोजक हर्क बहादुर रोकायाले थलाराको शिक्षा क्षेत्रमा देखिएका समस्या शिक्षा शाखा संग हातेमालो गरेर अघि बढन सुझाव दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले सवै पक्षसंग सुझाव लिएर गुणस्तरीय शिक्षाको उदेश्य पूरा गर्नुपर्ने सुझाव दिदै सफलताको कामना गर्नु भयो
वडा नम्बर २ का अध्यक्ष रविन्द्र खातिले बजेट आउनु मात्रै गुणस्तरीय शिक्षा नभएको धारणा राख्नुभयो
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशीले सोचाइ सकारात्मक छ भने सानो वजेटले पनि राम्रो प्रतिफल दिन्छ भन्नुभयो ।
कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष
प्रकाश बहादुर रोकायाले संस्था पुर्नआगमनले खुसी लागेको बताउनु भयो ।साथै उनले कार्यक्रम राम्रो भएको र सवैले कार्यक्रमको अपनत्व लिने गरि कार्य गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रमको समापन गर्दै प्रगतिशील युवा समाज अध्यक्ष रमेशकुमार के. सी. ले सस्थाले दुई दशक देखि बिभिन्न कार्य गर्दै आएको जानकारी दिदै थलारा गाउँपालिकाको शिक्षाको गुणस्तर उकास्ने संस्थाको उद्देश्य भएको र त्यो उद्देश संस्थाको पहलबाट मात्रै संभव नहुने भएको ले सामुहिक पहल आवश्यक रहेको धारणा राख्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241