२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिका वडा नम्बर ७ माडौकाट्नेमा लाग्ने चतुर्दशी मेला आजबाट सुरु
थलारा गाउँपालिका वडा नम्बर ७ माडौकाट्नेमा लाग्ने चतुर्दशी मेला आजबाट सुरु भएको छ ।थलारा गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भैरहेको ऐतिहासिक चतुर्दशी मेलाको शुक्रबार थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले उद्घाटन गर्नु भएको हो ।
थलारा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्कको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र भुपु गाउँ पालिका अध्यक्ष भुवनेश्वर उपाध्याय बिशेश अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी ६ का अध्यक्ष अनिल बिष्ट ८ का अध्यक्ष टिकाराज जोशी ९ का अध्यक्ष लोकेन्द्र बिष्ट प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या,एमाले जिल्ला उपाध्यक्ष मोहनराज जोशी लगायत अतिथि रहनु भएको थियोे ।
थलारा गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भैरहेको मेलामा थलारा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र देउडा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि २० वटा टिम दर्ता भएको आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार मेडल प्रमाणपत्र,द्वितीय पुरस्कार २५ हजार मेडल प्रमाणपत्र र तृतीय पुरस्कार १५ हजार मेडल प्रमाणपत्र राखिएको छ । भलिबल खेल भोलि बिहान देखि सुरु हुने मुख्य रेफ्री पदम बिष्टले जानकारी दिनु भयो ।
देउडाका लागि जानकी बोहरा बैतडी ममता धामी कैलाली सत्य राज धामी केदारस्यु बिकास धामी प्रयाग राज पाध्या दिल बहादुर सिंह शिवराज उपाध्याय लगायत स्थानीय देउडा खेलाडीलाई आमन्त्रण गरिएको छ । देउडा खेल भोलि र पर्सि हुने वडा सचिव मनिराम पाध्याले जानकारी दिनु भएको छ । कार्यक्रम सबिता खड्काको सञ्चालनमा भएको थियो ।