२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिका स्वास्थ शाखाको पालिका स्तरिय पोषण कार्यक्रमको समीक्षा र योजना तर्जुमा गोष्ठी सम्पन्न
थलारा गाउँपालिका स्वास्थ शाखाको आर्थिक वर्ष २०८०/०८१ पालिका स्तरिय पोषण कार्यक्रमको समीक्षा र ०८१/०८२ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
बिहिवार देखि सुरु भएको गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा पालिका अन्तरगतका स्वास्थ्य संस्थाका प्रमुखले स्वास्थ संस्थाको रिपोर्ट प्रश्तुत गरेका थिए
थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय बझाङ प्रमुख लाल बहादुर धामी फोकल पर्सन दिपेन्द्र मिश्रले कार्यक्रममा सहजिकरण गरि रहनु भएको छ ।
कार्यक्रममा पालिका भित्र रहेका स्वास्थ संस्थाका प्रमुख र फोकल प्रशनहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा सुरक्षित मातृत्व, आई मम कार्यक्रम, आई एफ ए प्रोग्राम, राष्ट्रिय भिटामिन ए कार्यक्रम, बृद्वि अनुगमन कार्यक्रम, आई वाई सि एफ, कार्यक्रम, आई ए एम कार्यक्रम, बिधालय शिक्षा पोषण कार्यक्रम लगायतका क्षेत्रको समीक्षा सहित आर्थिक वर्ष २०८१/८२ को योजना तर्जमा समेत गरिएको स्वास्थ शाखा प्रमुख पदम बहादुर ओलीले जानकारी दिनु भएको छ ।