थलारा २ स्थित खापर आधारभूत बिधालय बगाडा मा तीन दिने बिपद जोखिम न्युनिकरण योजना निर्माण तालिम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर २स्थित खापर आधारभूत बिधालय वगाडा मा तीन दिने बिपद जोखिम न्युनिकरण योजना निर्माण तालिम सम्पन्न भएको छ । युएमएन प्रगतिशील युवा समाज बिपद जोखिम न्युनिकरण परियोजनाको आयोजनामा थलारा गाउँ पालिका वडा नम्बर २ मा शनिबार तीन दिने तालिम सम्पन्न भएको हो ।
बिधालय बिपद जोखिम न्युनिकरण तथा पुर्व तयारी को ज्ञान अभिबृद्वि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बिपद जोखिम न्युनिकरण परियोजना अधिकृत छत्र राज जोशीले वताउनु भयो ।

1000014346


खापर आधारभूत बिधालय बिब्यस अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उक्त तालिममा वडा नम्बर २ का वडा सदस्य प्रेमबहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा खापर आ. बि.का बिधार्थी, शिक्षक, बिधालय ब्यवस्थापन समिति, शिक्षक अविभावक संघका पदाधिकारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो तालिम कार्तिक २९ गतेदेखि १ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको सहजिकरण बिपद जोखिम न्युनिकरण परियोजना अधिकृत छत्रराज जोशी र फिल्ड सहजकर्ता निर्मला भण्डारीले गर्नु भएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241