मनोमानी भाडा असुली रोक्न दुर्गाथली गाउँपालिकाले मुख्य पाँच स्थानमा भाडादरको बोर्ड जडान गर्यो

सेयर गरौं

दुर्गाथली गाउँपालिकाले सार्वजनिक यातायातमा मनोमानी भाडा असुली रोक्न पाँच मुख्य स्थानमा भाडादरको बोर्ड जडान गरेको छ। यात्रुहरूबाट अत्यधिक शुल्क असुलिएको जनगुनासोपछि गाउँपालिकाले यो कदम चालेको हो। गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) स्वयम् फिल्डमा खटिएर बोर्ड राख्ने कामलाई अगाडि बढाउनुभएको हो। उहाँले कुनै पनि व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्न नपाउने स्पष्ट पार्नुभएको छ । तोकिएको भाडादर पालना नगर्ने व्यवसायीहरूलाई कारबाही गरिने उहाँको भनाई छ । भाडादरको बोर्ड प्रमुख सार्वजनिक स्थानहरू मोरीबगर, दौला, चौधारी बजार ,चुवाबन र रकैलमा राखिएको छ
। यस निर्णयले यात्रुहरूले तोकिएको भाडादरको स्पष्ट जानकारी पाउने र मनोमानी असुलीबाट राहत पाउने अपेक्षा गरिएको छ। यात्राका क्रममा तोकिएको भाडादर पालना नगरेमा बोर्डमा दिइएको जानकारीको आधारमा गाउँपालिकामा तथा नजिकको ट्राफिक प्रहरी कार्यालयमा र जिल्ला प्रशासन कार्यालयमा पोन गरेर गाडी नम्बर टिपाउन पनि आग्रह गरिएको छ । यो कदमले दुर्गाथली गाउँपालिकाको सार्वजनिक यातायात व्यवस्थापनलाई थप पारदर्शी र यात्रु अनुकूल बनाउने विश्वास गरिएको छ ।

1000014425
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325