२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिका वडा नम्बर ७ माडौकाट्नेको चतुर्दशी मेलामा सम्पन्न
थलारा गाउँपालिका वडा नम्बर ७ माडौकाट्नेको चतुर्दशी मेलामा आयोजित गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ९ टिम बिजयि भएको छ ।
आज भएको फाईनल खेलमा आयोजक बि टिम संगको खेल जितेसंगै थलारा ९ टिम बिजेता बनेको हो । बिजेता बने संगै उसले ४० हजार नगद मेडल प्रमाणपत्र जितेको छ ।आयोजक बि टिम द्वितीय र थलारा बहुमुखी क्याम्पस टिम तृतीय भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भएको ऐतिहासिक चतुर्दशी मेलाको शुक्रबार थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले उद्घाटन गर्नु भएको थियोे ।
थलारा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र भुपु गाउँ पालिका अध्यक्ष भुवनेश्वर उपाध्याय बिशेश अतिथि रहनु भएको थियो ।
थलारा गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भएको मेलामा थलारा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र देउडा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियोे । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि २० वटा टिम दर्ता भएका थिए ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार मेडल प्रमाणपत्र,द्वितीय पुरस्कार २५ हजार मेडल प्रमाणपत्र र तृतीय पुरस्कार १५ हजार मेडल प्रमाणपत्र राखिएको थियोे ।
देउडाका लागि जानकी बोहरा बैतडी ममता धामी कैलाली सत्य राज धामी केदारस्यु बिकास धामी प्रयाग राज पाध्या दिल बहादुर सिंह शिवराज उपाध्याय लगायत स्थानीय देउडा खेलाडीलाई आमन्त्रण गरिएको थियोे ।