स्थापना भएको ६३ वर्ष सम्म पनि छैन थलहरा आयुर्वेद औषधालयको आफ्नै भवन

सेयर गरौं

आफ्नै भवन नहुदा थलहरा आयुर्वेद औषधालय खोलीमा समस्या भएको छ । स्थापना भएको ६३ वर्ष हुदा पनि थलहरा आयुर्वेद औषधालय अझै भाडाको घरमा चलिरहेको छ ।
२०१८ सालमा स्थापना भएको थलहरा आयुर्वेद औषधालय जिल्ला कै पहिलो आयुर्वेद औषधालय हो त्यसपछि बझाङ जिल्ला आयुर्वेद औषधालयको स्थापना भएको थियोे ।
६३ वर्ष अगाडि स्थापना भएको थलहरा आयुर्वेद औषधालय अहिले भने आफ्नै भवन नहुदा समस्यामा परेको छ

1000014635


दैनिक १५-२० जना बिरामी आउने गरेको थलहरा आयुर्वेद औषधालयमा ४ जना कर्मचारी रहेकाछन
ओपिडि सेवा, पञ्च कर्म सेवा, जेष्ठ नागरिक, स्तनपाई, योगसेवा दिने गरिएको छ ।
आफ्नो भवन नहुदा औषधि  समस्या स्टोर गर्न समस्या र योग गराउन समस्या हुनुका साथै शौचालय खानेपानी आवासको पनि समस्या  रहेको
कबिराज सुनिलकुमार यादबले वताउनु भयो ।
आफ्नै भवन नहुदा वारम्वार अफिस सारिरहनु पर्ने समस्या छ । सेवा सञ्चालन गर्न कम्तीमा पनि ८ कोठा आवश्यक भएको निरिक्षक प्रेमबहादुर खाती वताउनु हुन्छ ।

1000014629

उनका अनुसार मासिक ४ हजार भाडा दिन्छ त्यसले अपुग हुने गरेको छ ।
पहिला संघको मातहत रहेपनि अहिले
स्थानीय तह अन्तरगत यस लाई गाभेको छ । प्रत्येक वर्ष भवनकालागि माग गरेपनि सुनुवाइ नभएको निरिक्षक खातीको भनाइ छ ।  
आयुर्वेद चिकितसा बिधिवाट उपचार गराउदा साईड ईफेक्ट नहुने रोगलाई निको पार्ने र
दीर्घ रोगीहरुको रोग जरैदेखि उन्मुलन गर्ने भएकोले पनि यसको महत्त्व अझै बढेको उनको भनाइ छ ।

1000014622

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
पदम खड्का
पदम खड्का
Articles: 241