२५ मंसिर २०८१, मंगलवार
खप्तड राष्ट्रिय निकुञ्जले निगालोको पुर्जी वितरण गर्दै
खप्तड राष्ट्रिय निकुञ्जले निगालोको पुर्जी वितरण गर्ने भएको छ । निकुञ्जले यहि मंसिर १० गतेदेखि १९ गतेसम्म १० दिनका लागि निगालोको पुर्जी बितरण गर्न लागेको हो ।
पुर्जी खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउना रेन्ज पोटमा गएर लिन सकिने र २५ रूपैयाँ शुल्क तिर्नुपर्ने घोडादाउना रेन्जपोष्ट ईन्चार्ज हिमालय कठायतले जानकारी दिनु भएको छ ।
पुर्जी घोडादाउना रेन्ज पोष्टमा गएर लिन सकिने,पुर्जीको म्याद १० दिनको हुने, बिना पुर्जी निकुञ्जमा प्रवेश गरे कानुन अनुसार कार्वाही हुने पोष्टद्वारा जारी सुचनामा उल्लेख छ ।
साथै निगालो काट्दा हुने मानवीय क्षतिको जिम्मेवार ब्यक्ति स्वयं हुनु पर्ने, पुर्जीमा उल्लेखित स्थानबाट मात्र निगालो संकलन गर्नुपर्ने, रात बिताउन नपाईने र वन्यजन्तुको हानि नोक्सानी गरेमा पुर्जी बदरगरि कानुनी कार्वाही गरिने पनि सुचनामा उल्लेख छ ।