थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना शुबारम्भ तथा सल्लाहकार समितिको बैठक सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना शुभारम्व तथा सल्लाहकार समितिको बैठक सम्पन्न  भएको छ । मंगलबार  थलारा गाउँपालिकाको सभा हलमा औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ र सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको कार्यक्रममा  वडाका वडा अध्यक्ष सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा पालिकामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। सहभागीहरूले परियोजनाको प्रभावकारीता बढाउन सुझाव दिएका थिए।

1000014796


झण्डै २ बर्ष कार्यअवधी रहेको प्रतिबद्ध तीन परियोजनाले विपद् जोखीम न्युनिकरण, पुर्वतयारी तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । साथै पहिरो जोखिम नक्सांकन, जोखीम बस्तीहरुको पहिचान तथा वर्गीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनामा काम गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताउनु भयो ।
पिपुल ईन निडका कार्यक्रम प्रबन्धक शालिकराम घिमिरेले प्रतिबद्ध तीन परियोजनाको लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका वडानम्वर ८ अध्यक्ष टिकाराज जोशीले संस्था थलारा गाउँपालिकामा आउनु स्वागतयोग्य भएको भन्दै संस्थाले निश्पक्ष भएर वस्तिस्तरमा गएर काम गर्नुपर्ने धारणा राख्नु भयो ।
थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले बिपद जोखिम न्युनिकरण एउटा ब्यक्तिको प्रयासले मात्रै सम्भब नहुने भएकाले यसका लागि सामुहिक पहल आवश्यक रहेको धारणा राख्नु भयो । साथै उनलेे गाउँपालिकामा Leoc स्थापना गर्न आवश्यक रहेको भन्दै त्यसका लागि पालिकाबाट गर्नुपर्ने सहयोग गरिने बताउनुभयो ।

1000014794


कार्यक्रमको समापन गर्दै थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातिले योजना सवैको सामुहिक प्रयासबाट मात्रै सम्भव भएकाले सवैको हातेमालो आवश्यक रहेको बताउदै संस्थाको लक्ष्य प्राप्तिका लागि पालिकाको सहयोग रहने धारणा राख्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
थलारा गाउँ पालिका स्वास्थ शाखा प्रमुख पदम बहादुर ओलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा परियोजनाका थलारा डिजार्ट अफिसर तेज बोहराले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तब्य राख्नु भएको थियो भने थलारा गाउँपालिका बिपद फोकल पर्सन प्रकाश भण्डारीले बिपद जोखिम न्युनिकरणका लागि पालिबाट गरिएका कार्यहरु प्रश्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241