दुर्गाथली गाउँपालिकाले सञ्चालन गर्यो सरसफाइ अभियान

सेयर गरौं

दुर्गाथली गाउँपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । पालिकाले हिजो एक सुचना मार्फत सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ ।
दुर्गाथली गाउँपालिका गाउँ कार्यपालिकाको २०८१ /७ /३० गते वसेको बैठकले  पालिका भित्रका सम्पूर्ण वडा हरुमा सरसफाइ अभियान थाल्ने निर्णय गरेको हो ।
बैठकले तपशिल बमोजिम सञ्चालन गरिने क्रियाकलापमा प्रतिबद्धता जनाउदै आफू रहेको गाउँ टोलमा सरसफाइ र फोहर ब्यबस्थापन गर्न गराउन पनि पालिकाले पालिका बासिमा अनुरोध गरेको छ ।
प्रत्येक टोल स्तरमा टोल बिकास संस्थाको सहयोगमा महिनामा कम्तीमा पनि एक पटक टोल स्तरमा सडक, गोरेटो बाटो, मन्दिर, धारा, घर आगन लगायतका स्थल सरसफाइ गर्ने , प्रत्येक घरमा एक कुहिने र एक नकुहिने वस्तु थुपार्न एक घर दुई खाल्डा अभियान सञ्चालन गर्ने । सार्वजनिक स्थल बजार क्षेत्रमा जथाभावी प्लास्टिक सिसा लगायत अन्य हानिकारक फोहोर फाल्न प्रतिबन्ध लगाई घर तथा पशलमै फोहोर संकलन गरि उचित बिसर्जन गर्ने, सडक क्षेत्रमा जथाभावी रुपमा निर्माण सामाग्रीहरु गिट्टी छड बालुवा लगायतका अन्य सामाग्री न थुपार्ने , प्रत्येक बजारमा बजार ब्यबस्थापन समिति गठन गरि फोहोर ब्यबस्थापन गर्ने , सम्पूर्ण बिधालयहरुले सामुहिक बिधालय सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र गोठ तथा खोरबाट निस्कने फोहोरको उचित ब्यबस्थापन गर्ने निर्णय गरेको छ ।
साथै फोहोर मैला ब्यबस्थापनमा असहयोग गर्ने ब्यक्ति तथा संस्थालाई दुर्गाथली गाउँपालिकाको बाताबरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको ऐन २०७७ को दफा ५२ बमोजिम सजाय तथा जरिवाना गरिने पनि पालिकाले सुचनामा उल्लेख गरेको छ ।

1000014834
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241