सुर्मा गाउँपालिका-४ मा बिहान ९ बजेसम्म २ सय ७६ मत खसे

सेयर गरौं

बझाङको सुर्मा गाउँपालिका-४ मा रिक्त वडाध्यक्ष पदका लागि भइरहेको मतदान अन्तर्गत अहिले बिहान ९ बजेसम्म २ सय ७६ मत खसेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

सुर्मा -४ मा कुल १ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ । मतदान शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन कार्यालय बझाङको भनाई छ । मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरि १८३ जना सुरक्षाकर्मी खटिएका छन् भने बाहिरी नेपाली सेनाले गस्ती गरिरहेका प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताउनुभयो ।
बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभएको छ ।


निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोसमेत उनको भनाइ छ । सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।
वडाध्यक्षको लागि नेपाली काङ्ग्रेसबाट धीरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा गरी ३ जनाको मात्रै उम्मेदवारी परेको छ । सुर्मा- ४ मा १ हजार ५५४ जना मतदाता रहेका छन् ।


निर्वाचनमा दुई वटै मतदान केन्द्रमा गरी दुई जना मतदान अधिकृत, दुई जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी गरि जम्मा १० जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241