१३ माघ २०८१, आईतवार
थलारा गाउँपालिका वडा नम्बर ३ ले वितरण गर्यो वडाका ५ सय ५० बिधार्थीलाई बिधालय पोशाक
थलारा गाउँपालिका वडा नम्बर ३ ले वडा भित्रका ६ वटा सामुदायिक बिधालयका बिधार्थीलाई बिधालय पोशाक बितरण गरेको छ ।
गुणस्तरिय शिक्षाका लागि वडा सरकारको योगदान
देशका बालबालिका प्रती सम्मान भन्ने मूल मान्यताका साथ वडा पालिकाले वडा भित्रका ६ वटा सामुदायिक बिधालयका ५ सय ५० बिधार्थीलाई बिधालय पोशाक बितरण गरेको हो ।
सामुदायिक बिधालय बिधार्थीलाई पोशाक बितरण कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/८२ को वडा पालिकाको वजेट वाट उक्त पोशाक वितरण गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भएको छ ।
उनका अनुसार आर्थिक वर्षको २०८१/८२ को योजना तर्जमा गर्दा शिक्षक अभिभावक र बिधार्थी सहितको शाझा धारणाबाट पोशाक बितरण गर्ने निर्णय गरिएको थियोे सोही निर्णयको आधारमा प्रत्येक बिधार्थीलाई एक एक जोर थ्री पिस बिधालय पोशाक बितरण गरिएको हो । पोशाकमा भेष्ट ट्राउजर र जकेट रहेकाछन ।५ सय ५० बिधार्थीका लागि बितरण गरिएको पोशाकमा ५ लाख ५० हजार रुपैया खर्च भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनु भएको छ ।
बिधालय पोशाक बितरणबाट गरिव जेहन्दार बिधार्थीलाई राहात मिल्ने र वडा भरिका बिधालयमा एकरुपता आउने र शैक्षिक सुधारमा सहयोग पुग्ने आशाका साथ उक्त योजना ल्याईएको वडा अध्यक्ष भण्डारीको भनाइ छ । पोशाक पाएपछि बिधार्थी अभिभावक र शिक्षक खुसि भएकाछन ।