१३ माघ २०८१, आईतवार
बझाङ को सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी
बझाङ को सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमाको उपनिर्वाचनमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी हुनुभएको छ ।
वडाध्यक्षमा कांग्रेसका पुजारा छ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लखिचन्द बोहराले चार सय ८७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गैर सिंह महरा जानकारी दिनुभयो ।
उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का पुस्कल बोहराले १७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महर बताउनुभयो । निर्वाचनमा १७ मत बदर भएको थियो । उपनिर्वाचनमा कूल एक हजार पाँच सय ५४ मतदातामध्ये एक हजार एक सय ७८ (७५.प्रतिशत) मत खसेको थियो ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले बाट निर्वाचित वडाध्यक्ष सर्जन बोहरा निधन भएपछि उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1