१३ माघ २०८१, आईतवार
थलारा गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड यही मंसिर २७ गतेदेखि सुरु हुने
थलारा गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड यही मंसिर २७ गतेदेखि सुरु हुने भएको छ । हिजो बसेको थलारा गाउँपालिका स्तरीय प्रअ बैठकले मंसिर २७ गतेदेखि राष्ट्रपति रनिङशिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । रनिङ शिल्डमा यथ्लेटिक्स कवडि,महिला पुरुष भलिवल लगायतका खेलहरु खेलाईनेछन ।
थलारा गाउँपालिका वडा नम्बर ४ को त्रिभुवन मा बि महेन्द्रधारको खेल मैदानमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले बताउनु भयो ।
प्रअ बैठकले यहि पुस ११ गतेदेखि पालिका स्तरीय अर्धबार्सिक परीक्षा गर्ने निर्णय पनि गरेको भवनी मा बि माडौकाट्नेका प्रधानाध्यापक शिबराज उपाध्यायले जानकारी दिनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1