थलारा गाउँपालिकाले वडा वडामा उपभोक्ता समितिका पदाधिकारीलाई आयोजना सम्झौता र अभिमुखिकरण गर्दै

सेयर गरौं

थलारा गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई आयोजना सम्झौता र अभिमुखिकरण गरिरहेको छ । थलारा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार पालिकाले उक्त कार्यक्रम गरिरहेको हो ।

उपभोक्ता समितिका पदाधिकारीले सम्झौता गर्न पालिका आउनु पर्ने कठिनाईलाई मध्यनजर गर्दै वडा कार्यालयबाट नै आयोजना निर्माण सम्झौता गर्ने समिति गठन देखि आयोजना हस्तान्तरण सम्मका प्रक्रियाका सम्बन्धमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई सु सूचित गर्ने र सेवाप्रवाहलाई सहज बनाउने उद्देश्यले कार्यक्रम गरिरहेको थलारा गाउँपालिकाले जनाएको छ।

उपभोक्ता समितिका पदाधिकारीले सम्झौता गर्न पालिका आउनु पर्ने कठिनाईलाई मध्यनजर गर्दै वडा कार्यालयबाट नै आयोजना निर्माण सम्झौता गर्ने साथै समिति गठन, सम्झौता, आयोजना कार्यान्वयन,गुणस्तर र दिगोपना, रकम निकासा तथा आयोजना हस्तान्तरण सम्मका प्रक्रियाका सम्बन्धमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई सु सूचित गर्ने र सेवाप्रवाहलाई सहज बनाउने उद्देश्यले  यो कार्यक्रम गर्न लागिएको 
थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले बताउनु भयो ।

पालिकाको सार्वजनिक खरिद नियमावली २०७६ को नियम १०७ र थलारा गाउँपालिकाको उपभोक्ता समिति गठन सञ्चालन तथा ब्यबस्थापन कार्यबिधि २०७५ बमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पाध्याले बताउनुभयो ।
अभिमुखिकरणको पहिलो दिन  पालिकाको सभाहलमा वडा नम्बर ५ र ६ अन्तरगतका उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरेको थियोे भने हिजो वडा नम्बर   ८ अन्तरगतका उपभोक्ता समितिलाई अभिमुखिकरण गरेको छ । त्यस्तै मंसिर २० गते वडा नम्बर ७ , २१ गते वडा नम्बर  १, २२ गते वडा नम्बर २, २३ गते  वडा नम्बर ४, २४ गते वडा नम्बर ३, २५ गते वडा नम्बर ९ अन्तरगतका उपभोक्ता समितिलाई अभिमुखिकरण गरिने छ ।

सहभागीलाई ईन्जिनियर संगित रोकाया, लेखा अधिकृत दिपकराज पाण्डे्य, योजना शाखा प्रमुख केशबराज जोशीले अभिमुखिकरण गरि रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264