१३ माघ २०८१, आईतवार
भगवती आधारभुत बिधालय थलारा ७ गोठीगाउँ को २७ औ वार्षिकोत्सब तथा सामाजिक परिक्षण कार्यशाला गोष्ठी सम्पन्न
थलारा गाउँपालिका वडा नम्बर ७ स्थित भगवती आधारभुत बिधालयको २७ औ वार्षिकोत्सब तथा सामाजिक परिक्षण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बिधालय ब्यबस्थापन समिति अध्यक्ष केशवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले हिजो उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की, शिक्षा संयोजक हर्क बहादुर र रोकाया लगायत बिशेष अतिथि रहनु भएको थियोे
शिक्षक कृष्णराज उपाध्यायको सञ्चालन रहेको कार्यक्रममा प्रअ दिपक राज पाध्याले वार्षिक प्रतिबेदन प्रश्तुत गर्नु भएको थियोे । सामाजिक परिक्षण कार्यक्रममा शिक्षक डबल बहादुर सिंहले सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको थियो ।
वार्षिकोत्सबको अवसरमा बिधालयले देउडा सास्कृतक कार्यक्रम लगायत बिबिध कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको अन्तिमदिन आज देउडा कार्यक्रम गरिएको थियो । दिल बहादुर सिंह, सत्यराज धामी जयलक्ष्मी खड्का लगायत देउडा कलाकारको देउडा प्रस्तुत भएको थियोे ।कार्यक्रममा उल्लेख्य मात्रामा अभिभावक लगायत देउडा प्रेमीको उपस्थिति रहेको थियो ।