१३ माघ २०८१, आईतवार
थलारा गाउँपालिका-५ मा विपद व्यवस्थापनमा वडा विपद व्यवस्थापन समितिको भुमिका बिषयक अभिमुखिकरण सम्पन्न
थलारा गाउँपालिका-५ मा विपद व्यवस्थापनमा वडा विपद व्यवस्थापन समितिको भुमिका बिषयक अभिमुखिकरण सम्पन्न भएको छ । अभिमुखिकरणमा समितिको जिम्मेवारी, भुमिका र वर्तमान अवस्थाको बिषयमा छलफल भएको थियोे । कार्यक्रममा समितिका संयोजक वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर खाती सहित १२ जनाको सहभागिता रहेकोे थियो । बैठक पश्चात् समितिको बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. वडास्तरिय समितिमा ३ जना मनोनीत गर्दै पुर्णता दिने ।
२. वडाले विपद व्यवस्थापनमा विनियोजन गरेको २ लाख ५० हजार बजेट विपद प्रभावित परिवारलाई वितरण गर्ने ।
३. पहिरो जोखिममा रहेकोे दुवाली गाउँमा समुदायस्तरिय विपद व्यवस्थापन समिति गठन तथा परिचालन गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1