१३ माघ २०८१, आईतवार
थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन मा बि महेन्द्रधार १२ पदक सहित अग्रस्थानमा
थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन मा बि महेन्द्र धारले सवै भन्दा बढी पदक जितेको छ ।
आज सम्म भएका खेलहरुमा त्रिभुवन मा बि महेन्द्रधारले ४ स्वर्ण ३ रजत र ५ काँश्य गरि १२ पदक सहित अग्रस्थानमा छ । त्यस्तै पुर्णचन्द्रोदय मा बि कुलाकाट्नेले ४ स्वर्ण ,२ रजत र १ कास्य जितेर पदक तालिकाको दोस्रो स्थानमा छ ।
थलारामा मा बि ले २ स्वर्ण ३ रजत ३ कास्य सहित तेस्रो स्थानमा छ भने शान्ति मा बि पाराकाट्नेले २ स्वर्ण, ३ रजत, १ कास्य, जितेर चौथो, चक्रेश्वर मा बि मालुमेला १ स्वर्ण २ रजत ३ काश्य सहित पाँचौ भवानी माबि माडौकाट्ने १ स्वर्ण १ रजत सहित छैटौं र लक्ष्मी मा बि मोतीपुरले १ रजत जितेर सातौ स्थान हासिल गरेको छ । शारदा मा बि दंगाजीले अहिले सम्म कुनै पदक जितेको छैन । भोलि दौड र रिले दौड हुने थलारा गाउँ पालिका अफिसयल कर्मचारी प्रविन कडालले जानकारी दिनु भएको छ ।