थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन मा बि महेन्द्र धारको पदक तालिकामा अग्रता कायमै

सेयर गरौं

थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन मा बि महेन्द्र धारले सवै भन्दा बढी पदक जितेको छ ।  
आज सम्म भएका खेलहरुमा  त्रिभुवन मा बि महेन्द्रधारले ८ स्वर्ण ४ रजत र ५ काँश्य गरि १७ पदक सहित अग्रस्थानमा छ । त्यस्तै  थलारामा मा बि ले ४ स्वर्ण ४ रजत ३ कास्य सहित दोस्रो स्थानमा छ  पुर्णचन्द्रोदय मा बि कुलाकाट्नेले ४ स्वर्ण ,३ रजत र ३ कास्य जितेर पदक तालिकाको तेस्रो स्थानमा छ ।  भने शान्ति मा बि पाराकाट्नेले ३ स्वर्ण, ४ रजत, १ कास्य, जितेर चौथो, चक्रेश्वर मा बि मालुमेला १ स्वर्ण ३ रजत ४ काश्य सहित पाँचौ भवानी माबि माडौकाट्ने १ स्वर्ण १ रजत सहित छैटौं  र  शारदा मा बि दंगाजीले १ रजत २ कास्य जितेर सातौ र लक्ष्मी मा बि मोतीपुरले ३ कास्य जितेर आठौं स्थान हासिल गरेको थलारा गाउँ पालिका अफिसयल कर्मचारी प्रविन कडालले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264