थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पूर्णचन्द्रोदय मा.बि. कुलाकाट्नेलाई

सेयर गरौं

थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पूर्णचन्द्रोदय मा.बि. कुलाकाट्नेले जितेको छ । १० स्वर्ण,३ रजत र ४ कास्य गरि १७ पदक जितेर पुर्णचन्द्रोदय मा. बि. पहिलो भएको हो । ८ स्वर्ण ७ रजत र ६ काँश्य गरि २१ पदक सहित त्रिभुवन मा. बि.महेन्द्रधार दोस्रो र ४ स्वर्ण ५ रजत ६ कास्य सहित थलारामा मा.बि.तेस्रो भएको छ  ।

1000017622


“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” थलाराको एकता खेलकुद बिकासका लागि हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले मंसिर २७ गतेदेखि थलारा ४ स्थित त्रिभुवन मा.बि.महेन्द्रधारको खेल मैदानमा उद्वघाटन भएको थियोे ।
थलारा गाउँपालिका स्थानीय तह स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्डमा थलारा गाउँपालिका भित्रका ८ वटा बिधालय सहभागी भएका थिए। प्रतियोगितामा छात्र छात्राका १५/१५ वटा ईभेन्ट खेलाईएका थिए। सात दिन सम्म सञ्चालन भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

1000017608


थलारा गाउँपालिका खेलकुद समिति अध्यक्ष लोकेन्द्र चौहानको अध्यक्षतामा भएको समापन कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि र वडा नम्बर २ का अध्यक्ष रवीन्द्र खाती, वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी, वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशी बिशिस्ट अतिथि रहनु भएको थियोे ।
प्रतियोगितामा शान्ति मा.बि. पाराकाट्नेले ३ स्वर्ण, ७ रजत, १ कास्य, जितेर चौथो, शारदा मा.बि. दंगाजीले २ स्वर्ण  १ रजत २ कास्य जितेर  पाँचौ , भवानी मा.बि. माडौकाट्ने २ स्वर्ण १ रजत सहित छैटौं , चक्रेश्वर मा.बि. मालुमेला १ स्वर्ण ३ रजत ५ काश्य सहित सातौ र लक्ष्मी मा.बि. मोतीपुरले १ रजत ४ कास्य जितेर आठौं भएकाछन ।

1000017521


गत वर्षको राष्ट्रपति रनिङ शिल्ड थलारा मा.बि.ले जितेको थियोे। २०७७ देखि २०७९ सम्म लगातार तीन पटक थलारा गाउँपालिका स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको चक्रेश्वर मा.बि.मालुमेलाले १ लाख ५० हजार नगद र प्रमाणपत्र पाएको थियोे ।
भलिबल तर्फ कमल रोकाया कबटिमा सुस्मा बोहरा र यथ्लेटिक्स तर्फ अन्जना महतले उत्कृष्ट खेलाडीको पुरस्कार पाएकाछन ।

1000017637
1000017366
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264