थलारा गाउँपालिकामा सृजना परियोजको वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा परियोजना वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
युएमएन / प्रगतिशील युवा समाज चैनपुर बझाङको आयोजनामा र थलारा गाउँपालिकाको सहकार्यमा सृजना परियोजनाको वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रगतिशील युवा समाजका अध्यक्ष रमेश के शी को अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो ।

1000018824


कार्यक्रममा युएमएन प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीले स्वागत मन्तबय मार्फत परियोजनाले सञ्चालन गरेका कार्यक्रमबाट भएका उपलब्धि  माथिको दाबि ठिक हो कि होइन र परियोजनाका कार्यक्रम लाई कसरी जनमुखी बजाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि राम बहादुर खातीले स्थानीय उत्पादनलाई जोड दिएर अगाडि बढन सके र उधमीले पनि ईमानदार भएर काम गरे पालिकाको बिकास हुने बताउनु भयो ।

1000018858


कार्यक्रमको समापन गर्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश के शी ले स्थानीय रैथाने बालि लाई हेर्ने धारणामा परिवर्तन आएर खोजी खोजी खाने चलन सुरु भएको धारणा राख्दै रैथाने बालि र स्थानीय उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रम अधिकृत बल बहादुर ओडले परियोजनाको वार्षिक प्रगति बिवरण प्रश्तुत गर्नु भएको थियोे । प्रश्तुत प्रतिवेदन माथि सहभागीले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । पत्रकार महासंघ बझाङ जिल्ला सदस्य सत्यराज सिहको सहजिकरण रहेको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रविन्द्र जोशी ,वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी, वडा नम्बर ४ का अध्यक्ष राम चन्द्र जोशी, वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशी युएमएनका सृजना परियोजना हेर्ने  अधिकृत कुवेर रोकाया लगायत ब्यवसायी उद्धमि र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

1000018857

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264