१३ माघ २०८१, आईतवार
माथिवाट खसेको ढुंगा लागेर बझाङमा एक महिला स्वयंसेविकाको मृत्युु
बझाङमा माथिवाट खसेको ढुंगालागेर एक महिलाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा थलारा गाउपालिका ९ आमवगर भुवा टोलकि अन्दाजी ४१ वर्षिया महिला स्वास्थ्य स्वयॅसेविका पॅचमाला जोशी रहेकी छन । मृतक मालुमेलावाट हिजो दिउसो आफ्नो घर आमवगर जादै गरेको बेला माथीवाट आएको ढुङ्गा लागेर मृत्यु भयको हो ।
घटना अन्दाजी हिजो दिउसो २,३ बजे तिर घटेको भय पनि त्यो वाटोमा खासै चहलपहल नहुदा स्थानीयले करिव ५,६ वजे तिर ढिलो अवेर साझपख मृत्यु भयको अवस्थामा उनलाई भेटाएको
मृतकका आफन्तले जानकारी गराएका छन ।
हिजो दिनभरि पानी परि रहेकोले पानीले गलेर कच्चि सडकको माथीवाट ढुङ्गा खसेको अनुमान गरिएको छ । मृतकको नाकमा चोट लागेको बझाङ जिल्ला समन्वय उपप्रमुख कृष्ण बिष्टले जानकारी दिनु भएको छ । घटना स्थल मालुमेलाको चक्रेश्वर मा बि बाट करिव ५,७ मिनेटको पैदल दुरी पुर्वमा पर्छ ।