१३ माघ २०८१, आईतवार
खप्तड राष्ट्रिय निकुञ्जका जंगली बदेलले थलारा गाउँ पालिका ७ अदुकालिमा कृर्षकको अन्नबालीमा क्षति गरे ।
खप्तड राष्ट्रिय निकुञ्ज बाट आएका जंगली बदेलले थलारा गाउँ पालिका वडा नम्बर ७ अदुकालिमा कृर्षकको अन्नबालीमा क्षति गरेको छ ।
राति राति जंगली बदेलको फौज आएर गहुँ बालीमा क्षति गर्न थालेपछि अदुकाली बासि चिन्तित बनेकाछन ।
वडा नम्बर ७ को निमन्देउ, अकुडा र सिल्का रुख लगायतका ठाउँमा लगाएको गहुबाली बदेलले नष्ट गरिदिएको वडा नम्बर ७ अदुकालीका दिपक चलाउनेले बताउनु भएको छ ।
राति राति बँदेल आएर वालीनाली नष्ट गर्न थालेपछि गाउलेहरु चिसो रातमा जाग्राम बस्न बाध्य भएकाछन ।
हिजो राति त बदेलको फौजले गाउघरका आगनको पोर्सो उधिनिएको छ भने धननजय पाध्याको केराबारीका केराका बोट खानुका साथै भाडा धुने च्याङ समेत भत्काएको चलाउनेले जानकारी दिनु भएको छ ।
किसानको वालीनालीमा भएको क्षति बिवरण संकलन गरि क्षतिपूर्तिको ब्यबस्था गरिनु पर्ने उनिहरुको माग छ सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन जरुरी छ ।