थलारा १ रेगम जिउलाको गहुँबालिमा सिन्दुरे रोग देखियो

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर १ रेगम जिउलामा लगाएको गहुँबालिमा सिन्दुरे रोग देखा परेको छ । गहुबालीमा देखापरेको सिन्दुरे रोग नियन्त्रण नहुदा त्यहाँका किसान चिन्तितछन ।


गहुँ बालिमा एक प्रकारको सिन्दुरे रोग लागेको र त्यसको नियन्त्रणका लागि पहल भैरहेको थलारा गाउँपालिका कृषि शाखाले जनाएको छ ।
रेगम जिउलाको गहुँ बालीमा एक प्रकारको सिन्दुरे रोग लागेको सुचना पाएपछि त्यसको नियन्त्रणका लागि कृषि ज्ञानकेन्द्र बझाङ संगको सहकार्यमा बिषाधि छर्किने कार्य भैरहेको थलारा गाउँपालिका कृषि शाखा नायव प्राबिधिक सहायक बिनोद रावलले बताउनु भयो ।

1000022994


केहि दिन पहिले कृषि ज्ञान केन्द्र बझाङको प्राबिधिक टोलीले रेगम जिउला पुगेर गहुँको अवलोकन गरेको थियो नाप्रस रावलले भने गहुँबालीमा एक प्रकारको सिन्दुरे रोग लागेको पुष्टि भए पछि पहिलो चरण हेक्जाकोनालाजोल बिषादी छर्केको थियो ।
अहिले रोग नियन्त्रण भैरहेको छ किसानहरूले अझै रोग नियन्त्रण नभएको गुनासो गरेपछि आज फेरि प्राबिधिक तेज ओली सहितको उपस्थितिमा प्रोपाककोनालाजोल बिषादी डेमोको रुपमा छर्किएको रावलले बताउनु भयो ।

1000022992
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264