थलारा गाउँपालिकामा प्रसुती श्याहार घरभेट कार्यक्रमको पालिका स्तरीय समिक्षा गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा प्रसुती श्याहार घरभेट कार्यक्रमको पालिका स्तरीय समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
थलारा गाउँपालिका स्वास्थ शाखाको आयोजनामा प्रसुती श्याहार घरभेट कार्यक्रमको एक दिने पालिका स्तरीय समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको
सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको जाँच गरि जटिलताका अवस्थाहरु समयमै पहिचान गरि ब्यबस्थापन तथा प्रेषण गरि मातृ तथा शिशु मृत्यु दर कम गर्ने , ANC र PNC सेवाको गुणस्तर बढाउने ,सेवाको निरन्तरता दिने र प्रसुती श्याहार घरभेट कार्यक्रम बारे अध्याबधिक भई सो वारे अन्य स्वास्थकर्मी तथा ब्यबस्थापक लाई बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको  थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले जानकारी दिनु भयो ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या अतिथि रहनु भएको थियो ।
गोष्ठीमा पालिका अन्तरगतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । स्वास्थ शाखा प्रमुख ओलीले सहभागीलाई कार्यक्रमबारे जानकारी दिनु भएको थियोे भने सहसंयोजक जुनुऐर कडायतले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264