थलारा गाउँपालिकामा आधारभूत प्राथमिक उपचार तालिम सुरु

सेयर गरौं

थलारा गाउँपालिकामा आधारभूत प्राथमिक उपचार तालिम सुरु भएको छ | बिहिबारदेखी गाउँपालिका-४ महेन्द्रधारमा विपद जोखिम क्षेत्रका सदस्यहरुको लागि ३ दिने आधारभूत प्राथमिक उपचार तालिम सुरु भएको हो |
प्रतिबद्व तीन परियोजनाको आयोजना तथा गाउँपालिकाको सहकार्यमा वडा नम्बर-४ को हलमा (आज) बिहिबारदेखी सुरु भएको तालिम शनिबारसम्म चल्ने छ | तालिममा विपद जोखिम क्षेत्रका २४ जना सहभागीहरुको सहभागिता रहेको छ |

1000024331

गाउँपालिकामा रहेका ३ वटा समुदाय विपद व्यवस्थापन समिती र वडा विपद व्यवस्थापन समितीका सदस्यहरुको सहभागी रहेका छन् |
कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने भन्दै ३ दिने तालिममा सबैको सक्रिय सहभागीता हुनुपर्ने धारणा राखे | साथै विपदको समयमा घाइतेहरुको प्राथमिक उपचार गर्न पाउनु धर्मको बिषय भएको उनले बताए |
यस्तै पालिका अधक्ष प्रकाश बहादुर रोकायाले समुदायमा धेरै विपद्का घटनाहरु मानवीय कारण हुने गरेको बताए | उनले प्राथमिक उपचारको तालिम लामो समयसम्म काम लाग्ने भएको भन्दै विपदमा समुदायलाई जोड्ने काम रहेको धारणा राखे | ग्रामिण सडक विस्तारमा भएका त्रुटीका कारण डोजरबाट विस्तार भएका सडकहरुमा बढी पहिरोका घटनाहरु भइरहेको   अध्यक्ष रोकायाले बताए | उनले तालिममा सिकेको कुरा समुदायमा नपुग्ने समस्या रहेको भन्दै त्यसलाई अब त्यसले लागु गर्नुपर्ने धारणा राख्नुभयो ।

1000024326

तालिमको पहिलो दिन नेपाल रेडक्रस सोसाइटी बझांगका प्रशिक्षक श्याम बहादुर नेपाली र उद्वव कुमार कार्कीले सहजीकरण गरेका थिए | 
वडा नम्बर-४ का कार्यवाहक वडाध्यक्ष भीम बहादुर दौडेको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया प्रमुख अतिथी, उपाध्यक्ष राम बहादुर खाती विशिष्ट अतिथी, वडा नम्बर-२ का वडाध्यक्ष रबिन्द्र बहादुर खाती र खापर आधारभुत विधालयका प्रधानाध्यापक नरेश बहादुर खड्काको उपस्थिति रहेको थियो |
कार्यक्रममा प्रतिबद्व तीन परियोजनाका विपद व्यवस्थापन अधिकृत तेज बोहराले स्वागत मन्तव्य तथा बिषयबस्तु माथी प्रकाश पारेका थिए भने कार्यक्रम संचालन वडा सचिव प्रकाश बिष्टले गरेका थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339