थलारा गाउँपालिकामा बिधुतिय चुलोको नमुना प्रदर्शनी

सेयर गरौं

थलारा गाउँपालिकामा बिधुतिय चुलोको नमुना प्रदर्शनी गरिएको छ । सामाजिक चेतना तथा बिकास संघ साडा नेपाल बैतडीको आयोजनामा सफा उर्जा परियोजना अन्तरगत कार्यक्रमको आयोजना गरिएको हो ।
SNV-ENDEV संस्थाको २१ सय ५० अनुदान सहयोगमा बिधुतिय चुलो उपलब्ध गरिरहेको जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
बजारमा ८ हजार ५ सय देखि ९ हजार सम्म पर्ने बिधुतिय चुलोसंगै  ३ लिटरको ईन्डेक्स प्रेसर कुक्कर र २६ cm को ईन्डेक्स कराई २१ सय ५० अनुदानमा उपलब्ध हुने बजार बिकास अधिकृत अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।
यो चुलो प्रयोगले ४० देखि ५० प्रतिशत भान्साको लागत घटाउने,समयको बचत हुने र बाताबरण मैत्री समेत रहेको बजार बिकास अधिकृत चन्दले बताउनु भयो ।
कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी,प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या  वडा नम्बर २ का भुतपुर्व वडा अध्यक्ष हेम खड्का लगायत थलारा गाउँपालिका बिषयगत शाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264