थलारा गाउँपालिकामा तीन दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा तीन दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । बिहिबारदेखी गाउँपालिका-४ महेन्द्रधार मासुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना तथा प्रतिबद्व परियोजनाको सहजीकरणमा सम्पन्न तालिममा विपदको जोखिममा रहेका  २४ जना सदस्य हरुको सहभागिता रहेको थियोे । 

1000024463


कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका  अधक्ष प्रकाश बहादुर रोकायाले समुदायमा धेरै विपद्का घटनाहरु मानवीय कारण हुने गरेको बताउभयो | उनले प्राथमिक उपचारको तालिम लामो समयसम्म काम लाग्ने भएको भन्दै विपदमा समुदायलाई जोड्ने काम रहेको धारणा राख्नु भएको थियो । ग्रामिण सडक विस्तारमा भएका त्रुटीका कारण डोजरबाट विस्तार भएका सडकहरुमा बढी पहिरोका घटनाहरु भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो | उनले तालिममा सिकेको कुरा समुदायमा नपुग्ने समस्या रहेको भन्दै यहाँ सिकेका कुरा समुदाय र छिमेकीलाई सिकाउनु पर्ने विषयमा जोड दिनुभएको थियोे |
त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने भन्दै ३ दिन सम्मको तालिममा सबैको सक्रिय सहभागीता हुनुपर्ने धारणा राख्दै|  विपदको समयमा घाइतेहरुको प्राथमिक उपचार गर्न पाउनु धर्मको बिषय भएको  बताउनु भएको थियो  |
तालिम तीन दिनसम्म नेपाल रेडक्रस सोसाइटी बझांगका प्रशिक्षक श्याम बहादुर नेपाली र उद्वव कुमार कार्कीले सहजिकरण गरेका थिए |  

1000024462
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264