थलारा गाउँपालिका गाउँसभाको १४औँ अधिवेशन  तथा हिउँदे अधिवेशन  सुरु

सेयर गरौं

थलारा गाउँपालिका गाउँसभाको १४औँ अधिवेशन कार्यक्रम  तथा हिउँदे अधिवेशन  सुरु भएको छ। आईतवार देखि गाउँपालिकाको सभाहलमा सुरु भएको अधिवेशनमा विभिन्न एजेन्डामा छलफल र निर्णय भएको छ।
अधिवेशनमा थलारा गाउँपालिकाको आर्थिक कार्यबिधि नियमित तथा ब्यबस्थित गर्न बनेको बिधेयक,२०८१ र थलारा गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी बिधेयक २०८१ दुईवटा विधेयक पेस गरिएको छ ।
गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश  बहादुर  रोकायाले गर्नु भएको  थियो । सभालाई अगाडि बढाउदै अध्यक्ष रोकायाले अधिबेशन सुरु भएको पत्र पढेर सुनाउनु भएको थियो । त्यसपछि अध्यक्ष रोकायाले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्न अनुमानि दिएपछि सभाका सदस्य लोकेन्द्र बिष्ट, प्रकाश भण्डारी, टिकाराज जोशी र राम बहादुर खातीले अधिबेशन सफलताको शुभकामना मन्तब्य राख्नु  भएको थियो ।
त्यसपछि अध्यक्ष रोकायाले शून्य समय सुरु भएको बताउउनुभयो ।

1000024508


शून्य समयमा कुनै पनि सदस्यले गुनासो नगरेपछि अध्यक्ष रोकायाले अधिवेशनमा गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रगति प्रतिबेदन पेश गर्न उपाध्यक्ष राम बहादुर खातीलाई समय दिनु भयो
त्यस उपाध्यक्ष खातीले बार्षिक प्रतिबेदन पेश गरेपछि अध्यक्ष रोकायाको अनुमतिले उपाध्यक्ष खातीले न्यायिक समिति २०८०/८१को वार्षिक प्रगति प्रतिबेदन ,  बन वातावरण तथा बिपद ब्यबस्थापन समित सदश्य लोकेन्द्र बिष्टले बिपद ब्यबस्थापन समितको वार्षिक प्रतिबेदन र सुसासन तथा संस्थागत बिकास समिति संयोजक हेमन्ती सिंहले थलारा गाउँ पालिकाको आर्थिक कार्यबिधि नियमित तथा ब्यबस्थित गर्न बनेको बिधेयक २०८१  पेश गरेपछि अध्यक्ष रोकायाले सामान्य छलफलका लागि समय दिनुभएको थियोे ।
त्यसपछि अध्यक्ष रोकायाले दफाबार छलफलका लागि समय दिदै माघ ११ गते सम्मका लागि सभाको बैठक स्थगित भएको घोषणा गर्नु भएको थियो ।
थलारा गाउँपालिका गाउँसभाको १४औँ अधिवेशन को अर्को बैठक माघ ११ गते बस्ने गरि स्थगित भएको थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताउनु भएको छ ।

1000024505

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270