घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा बझाङमा एक महिलाको मृत्यु

सेयर गरौं

घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा बझाङमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थलारा गाउँपालिका वडा नम्बर ३ देवल बाझ निवासी अन्दाजी २४ वर्षकी राधीका जोशी उपाध्याय रहेकी छिन ।
सोमबार दिउसो करिव १ वजेतिर गाउँ नजिकै रहेको भगवती आधरभुत बिधालय माथितिर घर पोत्ने माटो खन्ने क्रममा ढुंगा पल्टिँदा घटना स्थलमै उनको मृत्युु भएको वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । माटोको खान माथि ठुलो ढुंगा रहेको हिजो पानी परेकाले माटो गलेका कारण ढुंगा खसेको हुनसक्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
मृतक उपाध्यायका घरमा ४० दिनकी एउटी छोरी र ढाई वर्षको छोरा रहेकाछन् । आमाको असामयिक निधन भएपछि बच्चाहरुको बिचल्ली भएको छ । उनका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुख रहेकाछन । ससुरा भोजराज उपाध्याय भगवती आ.बि.देवल बाँझमा प्रधानाध्यापक हुनुहुन्छ ।
माघि पर्वको मुखैमा २४ वर्षीया उपाध्यायको मृत्युु हुदा देवलबाझ गाउँ नै शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
2
+1
0
+1
0
+1
4
+1
17
+1
317
पदम खड्का
पदम खड्का
Articles: 270