२ फाल्गुन २०८१, शुक्रबार

थलारा गाउँपालिका ८ ले फाईवर नेट जडान गर्न ५० प्रतिशत अनुदान दिने
थलारा गाउँपालिका वडा नम्बर ८ ले वडामा फाईवर नेट जडान गर्न ५० प्रतिशत अनुदान दिने भएको छ । वडावासिको सहजताका लागि सोमबार देखि वडाले फाईवर नेटको लाईन तान्न सुरु गरेको हो ।
मोरकोनटाईल कम्पनीले वडामा नेटको लाईन बिस्तार गरि रहेको हो ।
आजको ईन्टरनेटको युगमा वडा बासि उक्त सेवाबाट बञ्चित नहुन भनेर ५० प्रतिशत अनुदानमा फाईबर नेट जडान प्रक्रिया अगाडि बढाएको वडा अध्यक्ष टिकाराज जोशीले बताउनु भयो ।
फाईवर नेट जडानका लागि वडा पालिकाले २ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । वडाका प्रत्येक टोलमा नेटको लाईन पुगाउने लक्ष छ,वडा अध्यक्ष जोशीले भन्नुभयो नेट जडान गर्न चाहाने घरधुरीमा ५० प्रतिशत रकम वडाले ब्यहोर्ने छ ।

घरमा फाईवर नेट जडान गर्दा १० हजार लागत लाग्ने मोरकोनटाईल कम्पनीका प्रबिधिक रुपेश जोशीले बताउनुभयो । वडाले आधा रकम व्यहोरेमा ५ हजारमा नेट जडान हुनेछ ।
फाईवर नेट भरपर्दो र तिब्र गतिमा चल्ने ईन्टरनेट सेवा मानिन्छ । तिब्र गतिको नेट जडान भएपछि बिधार्थीलाई अनलाइनवाटै पठनपाठनमा सहज हुनेछ भने अफिसियल काम गर्न पनि सजिलो हुनेछ नेटवाटै टिभि पनि चलाउन सकिने हुदा डिसहोम राखि राख्न नपर्ने प्रविधिक जोशीको भनाइ छ ।
